Author: Himalaya Post

भारतीय अदालतद्वारा गर्मीका कारण राष्ट्रिय आपतकाल घोषणा गर्न आग्रह

एजेन्सी – भारतीय अदालतले चरम मौसमी समस्या र गर्मीका कारण यो हप्ता सयौं मानिसहरूको मृत्यु भएको उल्लेख गर्दै गर्मीका कारण देशका विभिन्न भागमा देखिएको उष्ण लहरको समस्यालाई राष्ट्रिय सङ्कटकाल घोषणा गर्न सरकारलाई आग्रह गरेको छ । भारतका थुप्रै सहरहरूमा ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम र उष्ण लहरको समस्या देखिएको छ । हालका दिनहरूमा सबैभन्दा तातो मौसमबाट गुज्रिएको पश्चिमी राज्य राजस्थानको उच्च अदालतले जनतालाई गर्मीबाट जोगाउन अधिकारीहरू उचित कदम चाल्न असफल भएको बताएको छ । चरम गर्मी र उष्ण लहरका कारण विभिन्न शहरमा यस महिना सयौं मानिसहरूले ज्यान गुमाएको अदालतले जनाएको छ । “हामीसँग जान सक्ने कुनै वैकल्पिक ग्रह छैन यदि हामीले अहिले कडा कदम चालेनौँ भने भावी पुस्ताहरू सदाका लागि फस्टाउने मौका गुमाउनेछौँ,” अदालतले जनाएको छ । यसैगरी गर्मीका कारण मृत्यु हुने व्यक्तिको आफन्तका लागि क्षतिपूर्ति कोष स्थापना गर्न पनि अदालतले राज्य सरकारलाई निर्देशन दिएको छ । हालको गर्मीको लहर र भविष्यमा यस्ता घटनाहरूबारे निर्णय गर्दै यसले भारतभर ‘राष्ट्रिय मौसमी सङ्कट’ को घोषणा गर्न सुरु गर्नसमेत भनेको छ । यसले बाढी, चक्रवात र प्राकृतिक प्रकोपहरू जस्तै आपतकालीन राहत परिचालन गर्न अनुमति दिनेछ । भारतमा गर्मीको तापक्रम बढ्नु अपरिचित समस्या नभई वर्षौंको वैज्ञानिक अनुसन्धानले जलवायु परिवर्तनले अधिक धेरै र तीव रूपमा उष्ण लहरको समस्या ल्याएको जनाएको छ । यस हप्ता राजधानी नयाँदिल्लीको तापक्रम बढ्दै जाँदा, अनुमानित तीन करोड मानिसहरूको बसोबास रहेको सहरमा बिजुलीको प्रयोग बुधवार अत्यधिक धेरै पुगेको छ । अनुसन्धानकर्ताहरूले मानव–प्रेरित जलवायु परिवर्तनले भारतमा विनाशकारी गर्मीको प्रभाव निम्त्याएको बताउदै...

Read More

आगामी वर्षको बजेटले वित्तीय अनुशासन कायम गर्न सक्दैन : पूर्वअर्थमन्त्री महत

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले आगामी वर्षको बजेटले वित्तीय अनुशासन कायम गर्न नसक्ने बताएका छन् । स्कुल अफ डेमोक्रेशीले शुक्रबार काठमाडौंमा आयोजना गरेको मुलुकको आर्थिक अवस्था र बजेट समीक्षा विषयक कार्यक्रममा महतले बजेटले सरकारको प्राथमिकता निर्धारण गर्न नसकेको र आवश्यकतालाई पहिचान गर्न नसकेकाले वित्तीय अनुशासन कायम गर्न नसक्ने बताएका हुन् । बजेटले पर्यटन, स्वास्थ्य लगायतका महत्वपूर्ण क्षेत्रमा लगानी गर्ने बाटो नखोलेको र सुधारका गुञ्जायस पनि नदेखिएको उनले बताए । महतले सिमित स्रोत साधनका बीच आवश्यकतालाई प्राथमिकतामा राखेर बजेट ल्याउने सिद्धान्तलाई वर्तमान सरकारले वेवास्ता गरेको धारणा राखे । त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले एक वर्षको अवधिमा सरकारलाई दिएका केही सुझावहरुलाई बजेटले प्राथमिकतामा राखेको बताए । अझैँ पनि बजेटमा रहेका कमी कमजोरीहरुलाई सुधार गर्दै अघि बढ्नुपर्ने उनले बताए । उनले बजेटको उद्देश्य र प्राथमिकतामा रहेका निजी क्षेत्र सम्बन्धी कार्यक्रम कार्यान्वयनमा सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्नेमा जोड दिए...

Read More

गर्मी बढेपछि आइतबारदेखि वीरेन्द्रनगरका विद्यालय बन्द

सुर्खेत – अत्यधिक गर्मी बढेपछि वीरेन्द्रनगरभित्रका विद्यालय आइतबारदेखि बन्द हुने भएका छन् । अत्यधिक गर्मी बढेको भन्दै निजी विद्यालयको छाता सङ्गठन प्याब्सनले यही जेठ २० गते आइतबारदेखि एक हप्ताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो । आज वीरेन्द्रनगरको तापक्रम करिब ४० डिग्री मापन भएको छ । गर्मीले बालबालिकाको स्वास्थ्यमा असर पर्नसक्ने भन्दै संस्थागत विद्यालय बन्द गर्ने निर्णय भएको प्याब्सन सुर्खेतका अध्यक्ष बेदप्रकाश ढकालले जानकारी दिए । उनका अनुसार गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा हुनसक्ने असरलाई मध्यनजर गर्दै सामूहिक छलफलपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । यसैबीच, वीरेन्द्रनगरभित्रका सामुदायिक विद्यालय पनि बन्द गर्ने तयारी गरिएको छ । वीरेन्द्रनगर नगरपालिका...

Read More

मुस्ताङी च्याङ्ग्राको भुवा पश्मिनाका लागि उपयुक्त

म्याग्दी – मुस्ताङमा पािलएका च्याङ्ग्राको भुवा पश्मिना बनाउने कच्चापदार्थका रुपमा प्रयोग गर्न उपयुक्त देखिएको छ । अन्तर्राष्ट्रिय व्यापार केन्द्रले अन्तर्राष्ट्रिय पश्मिना विशेषज्ञ, कृषि अनुसन्धान परिषद्अन्तर्गत नेपाल पशु प्रजनन् तथा आनुवांशिक अनुसन्धान केन्द्र, नेपाल पश्मिना सङ्घ र च्याङ्ग्रा पश्मिना किसान सङ्घको समन्वयमा नेपालमा पहिलो पटक गरेको परीक्षणबाट मुस्ताङी च्याङ्ग्राको भुवा गुणस्तरका हिसाबले पश्मिनाका लागि उपयुक्त भएको पुष्टि भएको हो । पश्मिना सङ्घका अध्यक्ष धनप्रसाद लामिछानेले मङ्गोलियामा रहेको अन्तर्राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा मुस्ताङी च्याङ्ग्राको भुवाको गुणस्तर पश्मिनाको कच्चा पदार्थकारुपमा प्रयोग गर्न उपयुक्त रहेको प्रतिवेदन प्राप्त भएको जानकारी दिए । “एक वर्षअघि विज्ञहरुको टोली यहाँ आएर लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, बारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाबाट आठ सय च्याङ्ग्राको भुवा नमुनाका रुपमा सङ्कलन गरी गुणस्तर परीक्षणका लागि लैजानुभएको थियो”, उनले भने, “यसै साता कृषक र जनप्रतिनिधिलाई भेला गरी परीक्षण प्रतिवेदन सार्वजनिक गर्दै भुवाको थप गुणस्तर सुधार र व्यावसायिक उत्पादनका लागि छलफल गरेका छौँ ।” चारवटै पालिकाका एक सय ६० किसानले पालेका पाँच÷पाँच वटा फरकफरक, भूगोल, तौल, रङ र उमेर समूहका च्याङ्ग्राको शरीरबाट नमुनाका रुपमा भुवा सङ्कलन गरी परीक्षण गरिएको लामिछानेले जानकारी दिए । परीक्षणपछि नेपालमा पश्मिना बनाउने कच्चापदार्थका रुपमा प्रयोग गरिने भुवाको स्रोत रहेको अन्तराष्ट्रियस्तरमा सन्देश प्रवाह भएको भन्दै यसले च्याङ्ग्रापालन विस्तार र पश्मिना उद्योगको सम्भावना बढेको उनले बताए । सङ्कलित नमुनालाई पश्मिनाको मोटाइ र लम्बाइ मापन गर्ने अन्तराष्ट्रिय मान्यता प्राप्त प्रयोगशालाका साथै नेपाल गुणस्तर तथा नाप तौल विभागमा व्यवसायिक गुणस्तर परीक्षण गरिएको अन्तराष्ट्रिय व्यापार केन्द्रका परामर्शदाता सिचन श्रेष्ठले बताए । “च्याङग्राको भूवा पस्मिनाका...

Read More

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प दोषी ठहर

न्यूयोर्क – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई न्युयोर्कको एक अदालतले सबै फौजदारी मुद्दासम्बन्धी अभियोगमा दोषी ठहर गरेको छ । यससँगै उनी अपराधमा दोषी ठहरिएका पहिलो पूर्व अमेरिकी राष्ट्रपति बनेका छन् । अदालतले योनकर्मी स्टोर्मी डेनियल्सलाई चुप गराउनका लागि गरिएको भुक्तानी लुकाउनका लागि व्यवसायको रेकर्ड मिथ्या बनाएको ३४ वटा अभियोगमा उनलाई दोषी ठहर गरेको हो । सिद्धान्ततः उनलाई प्रत्येक अभियोगका लागि चार वर्षको जेल सजाय हुन सक्छ तर निगरानीको अवधिलाई गणना गर्ने सम्भावना बढी हुन्छ । बिना जमानत रिहा भएका ७७ वर्षीय रिपब्लिकन नेतालाई दोषी ठहर गरेसँगै उनलाई एक अपराधीका रूपमा हेरिनेछ । राष्ट्रपतिहरूलाई अक्सर विश्वको सबैभन्दा शक्तिशाली व्यक्तिको रूपमा वर्णन...

Read More