Author: Himalaya Post

भिरमा मह काढेको छायाङ्कन गर्न नेशनल जियोग्राफी टोली म्याग्दीमा

म्याग्दी – भिर मह निकालेको दृश्य छायाङ्कन गर्न नेशनल जियोग्राफीको टोलीसहित स्पेन र जर्मनीका नागरिक गरी १६ जना विदेशी पर्यटक म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङको खबाङ भिर पुगेका छन् । देख्दा आङ नै सिरिङ्ग हुने कहालीलाग्दो पहरामा भिर मह निकालिरहेको दृश्यको छायाङ्कनसँगै नेपालीको सौर्य प्रचारप्रसार गर्ने उद्देश्यका साथ विदेशीको टोली आएको धवलागिरि गाउँपालिका–२ का वडाध्यक्ष अकप्रसाद विकले बताए । टोलीले हत्केलामा जउन राखेर डोरीमा झुन्डिएर मौरीको चाका नजिक पुगेर मह निकाल्ने मह सिकारीको अनुभवसँगै स्थानीयवासी र गाउँपालिकाको टोलीसँग छलफल गरेका वडाध्यक्ष विकले बताए । लुलाङका स्थानीयवासी थमबहादुर सिर्पालीको समन्वयमा आएका विदेशीले धवलागिरि गाउँपालिका उपाध्यक्ष रेशम पुनमगरसँग भिर महको संरक्षण र निकाल्ने क्रममा हुने दुर्घटनाको जोखिम न्यूनीकरणका बारेमा चासो देखाएका थिए । भिर मह निकाल्न भिरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा सिकारी बाँडिएका हुन्छन् । एक समूहले भिरको माथिबाट तल भुइँसम्म डोरी झुन्ड्याउँछन् भने भिरको तलपट्टि रहेको अर्को समूहले मह थाप्ने गर्छन् । ठूलो भिरमा मेहनत धेरै लाग्ने भएकाले एउटा भिरमा दिनभरि खर्चिनुपर्छ । झण्डै पाँच सयदेखि एक हजार पाँच सय मिटर उचाइका पहरामा पुगेर गाउँका मोतिप्रसादसहितको टोलीले मह निकाल्ने गरेका छन् । गाउँपालिका उपाध्यक्ष पुनले धवलागिरिलाई ‘हनी हन्टिङ’का लागि प्रख्यात ठाउँका रूपमा चिनाउन विदेशी टोलीको आगमनले सहज भएको बताए । ग्रामीण पर्यटन प्रवर्द्धनमा मह सिकारले टेवा पुग्ने उनले बाताए । “पर्यटन प्रवर्द्धनमा यो टोलीबाट सहयोगको आश्वासन प्राप्त भएको छ, हामीले पनि अबका दिनमा मह सिकारलाई विशेष बनाउनेछौँ”, उपाध्यक्ष पुनले भने...

Read More

भद्रकाली पोखरेल उच्च अदालतको न्यायाधीशमा सिफारिस

काठमाडौँ– न्याय परिषद् सचिवालयका निमित्त सचिव भद्रकाली पोखरेल उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् । यसअघि सर्वोच्च अदालतको सह– रजिष्ट्रार रहेका  न्याय परिषद्को शुक्रबार बसेको बैठकले पोखरेललाई वरिष्ठताको आधारमा न्यायाधीश नियुक्तिको लागि सिफारिस गरेको हो...

Read More

तारकेश्वरका १२ हजार बालबालिकालाई आईपीभी खोप लगाईने

काठमाडौँ- काठमाडौँको तारकेश्वर नगरपालिकाका १२ हजार बालबालिकालाई पोलियो विरुद्ध आईपीभी खोप लगाईने भएको छ । तारकेश्वर नगरपालिकाले दिएको जानकारी अनुसार नगरपालिकाभित्रका ११ वटै वडाका ५५ केन्द्रमा खोप कार्यक्रम सञ्चालन हुनेछ । खोपका लागि आवश्यक जनशक्ति, उनीहरूलाई तालिम तथा अभिमुखीकरण, स्वयंसेवकका परिचालनलगायत सम्पूर्ण तयारी पूरा भएको छ । कोरोना महामारीका कारण २०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मिएका बालबालिकालाई यो खोप लगाउन नसकिएकाले तिनै बालबालिकालाई लक्ष्य गरी खोप कार्यक्रम सञ्चालन हुन लागेको हो...

Read More

बेइजिङमा पनि मनाइयो बुद्ध जयन्ती

काठमाडौँ – दुई हजार पाँच सय ६८औँ बुद्ध जयन्तीका अवसरमा चीनको राजधानी बेइजिङस्थित नेपाली राजदूतावासको आयोजनमा बिहीबार एक कार्यक्रम प्रार्थनासभा गरी बुद्ध जयन्ती मनाइएको छ । बेइजिङस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, विभिन्न संस्थाका चिनियाँ नागरिक, नेपाली समुदाय र चिनियाँ सञ्चारमाध्यमका प्रतिनिधिसहित एक सय २० जनाभन्दा बढीको सहभागितामा भएको कार्यक्रममा चीन बौद्ध सङ्घका उपाध्यक्ष भिक्षु चाङ झाङले चीन र नेपालबिचको घनिष्ठ सम्बन्धका विविध पक्षबारे चर्चा गरेका थिए । विश्व समुदायका साथै चीन र नेपालको शान्ति र समृद्धिका लागि दुवै देशले निरन्तर सहकार्य गर्ने विश्वास उनले व्यक्त गरेको उक्त दूतावासले जनाएको छ । त्यस अवसरमा स्वागत मन्तव्य व्यक्त गर्दै चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठले बुद्धका शाश्वत शिक्षाले सम्पूर्ण मानवजातिलाई उदारता, करुणा, नैतिकताका साथै अर्थपूर्ण जीवन बिताउन प्रेरित गर्ने बताए । विश्वले सामना गरिरहेका चुनौतीहरूको सामना बुद्धका उपदेश प्रेरक छन् भन्दै उनले पञ्चशीलको सिद्धान्तमा निहित दुई देशबिचको लामो समयदेखिको सम्बन्ध बौद्ध आध्यात्मिकताको प्रतीकका रूपमा रहेको बताए । यसैबिच, ह्योल्मो सोसाइटी अफ क्यानडाले नेपाली जनजाति (आदिवासी) एशोसिएसन अफ क्यानडासँगको सहकार्यमा शनिबार बुद्ध जयन्तीका अवसरमा टोरोन्टोको डन्डास स्क्वायरमा भव्य उत्सव गर्ने भएको छ । सोसाइटीले आज जारी गरेको विज्ञप्तिअनुसार यस वर्ष विशेष बौद्ध बज्रयान–महायानी धार्मिक तान्त्रिक नृत्य, ह्योल्मो सांस्कृतिक नृत्य प्रस्तुति, दीप प्रज्वलन तथा लामा गुरुबाट बुद्धको पूजा तथा शान्ति प्रार्थना गरिने छ । कार्यक्रममा क्यानडा र अमेरिकामा रहेका ह्योल्मो समुदाय तथा अन्य नेपालीका साथै विशिष्ट क्यानडेली अतिथिसहित एक हजार जना सहभागी हुने अपेक्षा छ...

Read More

वीरगञ्ज महानगरद्वारा पुँजीगत खर्चमा सामान्य सुधार

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा चालु र पुँजीगत खर्च गरेर रु एक अर्ब ७४ करोड खर्च गरेको छ । गत आवको तुलनामा पुँजीगत खर्चमा सामान्य सुधार भएको छ । महानगरले चालु आवको १० महिनाको अवधिमा चालु र पुँजीगत गरेर कुल विनियोजित बजेटको ५२ दशमलव सात प्रतिशत खर्च भएको जनाएको छ । महानगरको गत पुसमा भएको नगरसभाले गत असारमा विनियोजित बजेटमा रु २५ करोड थपेर तीन अर्ब ४६ करोड पुर्याएको थियो । गत असारमा महानगरले चालु आवको लागि रु तीन अर्ब २१ करोडको बजेट सार्वजनिक गरेको थियो । महानगरले चालु आवको १० महिनाको अवधिमा चालु खर्चतर्फ रु दुई अर्ब ३८ करोड ५५ लाख बजेट विनियोजन गरेकामा यो अवधिमा चालु खर्चतर्फ रु एक अर्ब ३४ करोड खर्च गरेको छ । महानगरले चालु आवमा पुँजीगत खर्चतर्फ भने रु ८८ करोड ३९ लाख बजेट विनियोजन गरेकामा रु ३९ करोड २२ लाख खर्च गरेको जनाएको छ । “महानगरको गत पुसमा भएको नगरसभाले रु २५ करोड बजेट थप गर्ने निर्णय ग¥यौं तर यो आवमा अपेक्षाकृत रुपमा राजस्व सङ्कलन हुन सकेन,’’ वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले भने ,‘‘सङ्घीय तथा प्रदेश सरकारबाट आउने समानीकरण बजेट पनि २५ प्रतिशत रोक्का हुँदा विकास निर्माणका काम प्रभावित भएका छन् । यद्यपि पुँजीगत खर्चमा सामान्य सुधार भएको छ । ’’ यसैबीच, वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु ३९ करोड ८० लाख ३४ हजार एक सय १९ रकम राजस्व सङ्कलन गरेको छ...

Read More