आज बुद्ध जयन्ती : के हो सिद्वार्थ गौतम बुद्धले प्राप्त गरेका चार आर्य सत्य ?
काठमाडौँ– आज देशभर २५६८ औँ बुद्ध जयन्ती मनाईदैँछ । प्रत्येक वर्षको वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनार्ईने गरिन्छ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् । के भन्छ किंवदन्ती ? नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६८ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए । ६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८...
Read More





























