Author: Himalaya Post

यस्ता छन्, जाडोयाममा शरीरलाई चिसोबाट बचाउने काइदाहरु

बाहिरी पर्यावरणीय पक्ष र मानवीय स्वास्थ्यबीच अत्यन्त घनिष्ठ सम्बन्ध रहेको हुन्छ । जसकारण पनि परिवर्तित मौसमसंगै व्यक्तिमा पनि विभिन्न स्वास्थ्य समस्या एवम् जटिलताहरु देखापर्दछ । हाल बाहिरी वातावरणमा यथावत् नै रहेको चिसोका कारण ब्यक्तिमा रुघाखोकी, दम, भाइरल ज्वरो, शरीरका विभिन्न भागहरु फुल्लिने तथा सुन्निने, हातगोडा फुट्ने, चिसो लाग्ने र यसैका कारण विभिन्न किसिमका फ्लुहरु समेत देखिन सक्छ । यस्तै, तत्कालको सन्दर्भमा हामी कोरोना कालमै समेत रहेको अवस्थामा हामी आफ्नो स्वासथ्यप्रति अझ बढी सचेत रहनुपर्दछ । बाहिरी वातावरणसंग हाम्रो शरीरको तापक्रम नमिलेको खण्डमा ब्यक्तिमा यस्ता समस्याहरु देखा पर्दछन् । तसर्थ यस्ता समस्या देखा नपरोस् भन्नका लागि हामीले आवश्यक विभन्न सजगताहरु...

Read More

अविरल वर्षाका कारण त्रिभुवन राजपथमा यातायात अवरुद्ध

मकवानपुर–गए रातिदेखि परेको अविरल वर्षाका कारण त्रिभुवन राजपथको सिमभञ्ज्ङ र अघोरमा बाक्लो हिउँ पर्नाले आज बिहान २ बजेदेखि हेटौँडा-काठमाडौँतर्फको यातायात अवरुद्ध भएको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ । बिहीबार राति परेको हिउँ करिब छ इन्च बाक्लो भएको र पानी परिररहेकाले मौसममा सुधार नआएसम्म हिउँ पन्छाउन कठिनाइ उत्पन भएको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्ट बताएका हुन् । हेटौँडाबाट काठमाडौँतर्फ प्रस्थान गरेका सवारी त्रिभुवनराजपथको अघोरमा रोकिएको र आज अपराह्नसम्म मौसम सुधार भएमा हिउँ पन्छाएर यातायात सञ्चालन गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । त्रिभुवन राजपथमा यातायात अवरुद्ध भए पनि पूर्वपश्चिम राजमार्ग र...

Read More

नहरमा डुबेर बालकको मृत्यु

उदयपुर– जिल्लाको त्रियुगा नगरपालिका–७ मा नहरमा डुबेर तीन वर्षीय बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा दोलखा स्थायी घर भई उदयपुरको त्रियुगा नगरपालिका–७ बस्दै आएका मधुसुदन अधिकारीका तीन वर्षीय छोरा लेखनाथ अधिकारी रहेको जिल्ला प्रहरी उदयपुरले जनाएको हो । त्रियुगा नदीको नहरमा बिहीबार दिउँसो खेल्न गएका बालक अचानक डुब्न पुगेका थिए । अभिभावकले बालकलाई खोज्ने क्रममा अचेत अवस्थामा डुबिरहेका भेटेपछि तत्काल उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल गाईघाट लगेको प्रहरीले बताए । उपचारकै क्रममा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमको भनाई छ । बालकको मृत्युबारे प्रहरीले थप अनुसन्धान...

Read More

मेलम्ची बाढीबाट क्षतिग्रस्त विद्यालयका लागि १२ लाख सहयोग

सिन्धुपाल्चोक– गत असार १ गते र त्यसपछिका दिनमा आएको बाढीका कारण भौतिक संरचनामा आंशिक क्षति भई उच्च जोखिममा रहेको मेलम्ची नगरपालिका–६ स्थित श्री तेर्से माध्यमिक विद्यालयलाई अत्याधुनिक प्रविधियुक्त फिल्टरसहितको शुद्ध पिउने पानी व्यवस्थापन गरेर विद्यालयको भौतिक पुनःव्यवस्थापनका निम्ति १२ लाख २५ हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको छ । मेलम्ची–४ थकनी निवासी हाल इटालीमा बस्दै आउनुभएका रवीन्द्र अर्यालको संयोजनमा गरिमा भोयज ट्राभल एण्ड टुर्स प्रालि र न्यूभिजन नेपालमार्फत उक्त सहयोग हस्तान्तरण गरिएको हो । बागमती प्रदेशका पूर्वसामाजिक विकासमन्त्री युवराज दुलाल एवं मेलम्ची–६ का वडाध्यक्ष जीतराज थापा र न्यूभिजन नेपालका अध्यक्ष अशोक शर्माको आतिथ्यतामा विद्यालयमा आयोजित एक विशेष कार्यक्रमकाबीच बिहीबार...

Read More

जब नेपाली भूमिमा आगो लाग्यो भारतबाट दमकल आएर निभायो…

काठमाडौँ– नेपाल भारत सम्बन्ध बहुआयामिक महत्वको छ भन्ने प्रमाणका लागि एक अर्काको सँकटमा गरिने सहयोगको मन र तत्परता पनि हो । दुई देशबीचकोखुला सिमानाको सम्बन्धलेआपसमा सहयोग र सद्भावको विनिमय पनि हुन्छ भन्ने उदाहरण बिहीबार देखियो । सीमान्त नेपाली सहरस्थित एक जुत्ता कारखानाको गोदाममा आगो लाग्दा भारत पश्चिम बंगालको मतिगढा र नक्सलबारी क्षेत्रबाट दुईवटा दमकल आए अनि छिमेकमा परेको विपद्मा मलम लगाए । मेचीनगर नगरपालिका–६ बर्मेली टोलमा श्याम खेतानले सञ्चालन गरेको एसएस फुटवेयरमा बिहीबार आगलागी हुँदा भीषण आगलागी हुदाँ करिब तीन किलोमिटर टाढा नक्सलबारी र २० किमि टाढा रहेको मतिगढा भारतीय शहरबाट झापामा लागेको आगलागी निभाउन दमकल आएका हुन् ।...

Read More