बजेट २०८३/८४ सात प्रतिशतको आर्थिक वृद्धि, मुद्रास्फीति छ प्रतिशतमा सीमित गर्ने लक्ष्य
काठमाडौँ- सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा सात प्रतिशतको आर्थिक वृद्धि र मुद्रास्फीतिलाई छ प्रतिशतको सीमाभित्र कायम राख्ने लक्ष्य लिएको छ । अर्थमन्त्री डा .स्वर्णिम वाग्लेले आज सङ्घीय संसद्मा बजेट प्रस्तुत गर्दै त्यसमा आर्थिक रूपान्तरण, संरचनात्मक सुधार र निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापनालाई केन्द्रमा राखिएको बताएका छन् । अर्थमन्त्री वाग्लेले प्रस्तुत बजेटलाई राज्य सञ्चालनको नयाँ सोच र सङ्कल्पको दस्तावेजका रूपमा चित्रित गर्दै यसले आर्थिक रूपान्तरणको स्पष्ट मार्गचित्र र नागरिकसँग गरिएको राजनीतिक प्रतिबद्धताको कार्यान्वयनको सुरुआती बिन्दु तय गरेको बताएका छन्। आगामी आवको बजेटले सुशासन, उत्पादनशील रोजगारी, मध्यम वर्गको विस्तार, प्रतिस्पर्धी अर्थतन्त्र र सम्मानजनक जीवनयापनको आधार निर्माणलाई प्राथमिकता दिएको अर्थमन्त्रीले बताए...
Read More

























