Author: Himalaya Post

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं – सरकारले खेलकुद क्षेत्रका लागि रु चार अर्ब तीन करोड बजेट विनियोजन गरेको छ । शुक्रबार संघीय संसदमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णीम वाग्लेले खेल पूर्वाधारलाई प्राथमिकतामा राख्दै चार अर्ब बढिको बजेट बिनियोजन गरेको जानकारी दिएइ । खेल पूर्वाधारलाई युवा विकास र स्थानीय अर्थतन्त्रसँग जोड्दै आगामी तीन वर्षभित्र कम्तीमा आठ हजार दर्शक क्षमताका दस वटा फुटबल रंगशालालाई फ्लड लाइट सहितको स्तरोन्नति गर्ने मन्त्री वाग्लेले घोषणा गरे । त्यस्तै उनले प्रमुख आठ सहरमा पाँच वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने र विराटनगर, लहान, काठमाडौँ, पोखरा, बुटवल, सुर्खैत र धनगढीको फापलामा कम्तीमा दुई हजार क्षमताका मल्टिप्रपोज...

Read More

शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब ३० करोड विनियोजन; अर्थमन्त्री वाग्ले

काठमाडौं – सरकारले आगामी आर्थिक बर्षका लागि शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब ३० करोड विनियोजन गरेको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा .स्वर्णिम वाग्लेले चालू आर्थिक बर्षको भन्दा ७ अर्बले बृद्धि गर्दै शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब ३० करोड विनियोजन गरिएको जानकारी दिएका छन् । उनले मुलुकभरका सामुदायिक विद्यालयहरूको पूर्वाधार आवश्यकताको म्यापिङ गर्नका लागि रु एक अर्ब विनियोजन गरेको बताएका छन्। त्यस्तै सरकारले सुदूरपश्चिम प्रदेशको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चिकित्सा शिक्षाका चारवटा विधामा कार्यक्रम संचालन गर्ने, विद्यालय तहदेखि उच्च शिक्षासम्मका लक्षित विद्यार्थी छात्रवृत्तिका लागि रु आठ अर्ब साठी...

Read More

महिलाको सुरक्षित यात्राका लागि सीसी क्यामेरासहित ‘ब्लु बस’ सञ्चालन गरिने : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं – सरकारले महिलाहरूका लागि आधुनिक ब्लु बस सेवा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउने घोषणा गरेको छ । शुक्रबार संघीय संसदमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सीसी क्यामेरासहितको आधुनिक ब्लु बस सेवा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउन घोषणा गरे । आगामी वर्षदेखि काठमाडौँ उपत्यकालगायतका प्रमुख सहरी सडकको नियमित मर्मतसम्भार गरी धुलोमुक्त एवं खाल्टाखुल्टी मुक्त बनाउने भन्दै उनले सडकको राष्ट्रव्यापी मर्मतसम्भार अभियानका रूपमा सञ्चालन गर्न रु २८ अर्ब ५२ करोड विनियोजन गरेको उहाले जानकारी दिए । राजमार्गका उच्च जोखिमयुक्त स्थानमा जलवायु अनुकूलित संरचना निर्माण गर्ने र पहिरोका कारण राजमार्गमा हुने...

Read More

आगामी आवको बजेट सुशासनको मानक बन्नेछः अर्थमन्त्री डा.स्वर्णिम वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा .स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट सुशासनको मानक बन्ने बताएका छन् । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४को बजेट प्रस्तुत गर्दै उनले आगामी आवको बजेटले नीति, कानून, संस्था, प्रक्रिया र नेतृत्वमा सुधार गर्दै सुशासन कायम गर्ने बताएका हुन् । “नीतिगत अनिर्णय, ढिलासुस्ती, संस्थागत कब्जा तथा राज्य स्रोतको दोहन अन्त्य गर्दै परिणाममुखी शासन प्रणाली निर्माण गर्नु अहिलेको आवश्यकता हो”, उनले भने । हाम्रो मुलुक बृहद आर्थिक सुधारको निर्णयक मोडमा उभिएको उल्लेख गर्दै उनले मुलुकको अर्थतन्त्रमा व्यापक सुधार र सुशासनमा बजेट केन्द्रित रहेको बताएका छन् । उनका अनुसार आगामी आर्थिक वर्षको बजेट त उत्पादनमुखी अर्थतन्त्र,...

Read More