एजेन्सी – हलिउडका चर्चित फिल्म निर्माता हार्वी वाइनस्टिन यौन दुर्व्यवहार र बलात्कार मुद्दामा दोषी ठहरिएका छन् । वाइनस्टिनविरुद्ध ८० जनाभन्दा धेरै महिलाहरुले यौन दुर्व्यवहारको आरोप लगाएका थिए ।


ADVERTISEMENT


तर पाँच जना महिला र सात जना पुरुषको ज्युरीले पाँच दिनसम्म विचार विमर्श गरेपछि वाइनस्टिन ‘थर्ड डिग्री रेप’ र ‘फर्स्ट डिग्री’ आपराधिक यौन गतिविधिमा दोषी ठहरिएका हुन् ।


ADVERTISEMENT

# # #


यो विषयमा उनलाई २५ वर्षसम्मको सजाय हुन सक्ने बताइएको छ ।

वाइस्टिनमाथि दुई जना महिलालाई बलात्कार र यौन आक्रमण गरेको आरोपमा लस एन्जेल्समा मुद्दा चलिरहेको छ ।

तर ६७ वर्षीय वाइनस्टिनमाथि ‘फस्र्ट डिग्री रेप’ अर्थात् बलात्कार जस्तो कुनै गम्भीर विषयमा दोषी साबित भएका छैनन् ।

चर्चित अभिनेत्री एन्जेलिना जोली र ग्विनेथ पाल्त्रोव लगायत हलिउडसँग जोडिएका चर्चित महिलाहरुले हार्वी वाइनस्टिनमाथि यौन दुर्व्यवहारको आरोप लगाएका थिए । उनीविरुद्ध कैयौँ महिलाहरुले अघि सरेपछि अभियान मजबुत हुँदै गएको थियो । त्यसपछि विश्वभरका महिलाहरुले आफूसँग भएको यौन दुर्व्यवहारको अनुभव सामाजिक सञ्जालमा साझा गरेका थिए ।