-डा. भागवत आचार्य
मुहार उज्यालो देखेर हुन्न, निधारमा लेखेर हुन्न ।
पीडा बस्ने मुटुमा हो, त्यसको बाटो छेकेर छेकिन्न ।
खुसी देख्यौ ममा सधैँ मुस्कुराएको देख्यौ
आँसु लुकाई हासोको दियो जलाएको देख्यौ ।
तर बाहिर हेरेर हुन्न, कापीमा कलमले लेखेर हुन्न
पीडा हुने हृदयमा हो छैटीमा भाग्य लेखेर लेखिन्न ।
जलाउन मन लाग्छ पीडा भगाउन मन लाग्छ
उखेलेर मुटुबाट कतै सेलाउन मन लाग्छ
तर अन्त सार्न सकिन्न, पीडाबाट भाग्न सकिन्न
पीडा बस्ने पीडामै हो, यसलाई टाढा पार्न सकिन्न ।