काठमाडौं । भारतले नेपालमा उच्च क्षमताको मास्क उत्पादन उद्योग स्थापना गरिदिने भएको छ ।
उद्योगको स्थापनाका लागि चाहिने सबै आवश्यक उपकरणहरू भारतबाट पठाइसकिएको जनाईएको छ ।
उद्योगका लागि आवरुश्यक उपकरणहरु गुजरातबाट सुनौली हुँदै एक हप्तामा नै नेपाल ल्याईएको हो । सामान्यतया भारतबाट नेपाल आउने कन्टेनरलाई कम्तीमा १५ दिन लाग्ने गरे पनि कोरोना भाईरसको बढ्दो संक्रमणको संवेदनशीलतालाई नियाल्दै भारतले आफ्ना अधिकारीहरुको तदारुकता बढाउँदै छोटो समयमा नै उद्योगको स्थापनाका लागि आवश्यक उपकरणहरू नेपाल ल्याईएको हो ।
यस्तै, कोरोनो भाइरसको संक्रमणविरुद्ध आवश्यक मेडिकल सामाग्रीहरूको १५ वटा थप कन्साइनमेन्टहरू समेत भारतबाट गत हप्ता नेपाल आइपुगेको जनाईएको छ ।
भारतीय अधिकारीहरूले नेपालतर्फ आउने सबै कन्साईमेन्ट यथासक्य चाँडो नेपाल आईपुगोस् भन्नेमा गम्भीर बन्दै काम अघि बढाईएको जनाएका छन् ।