वीरगन्ज — बुधबार वीरगन्जको घन्टाघर नजिकै बेवारिसे अवस्थामा मृत फेला परेका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्थायी कोभिड अस्पतालका कोर्डिनेटर डा.उदयनारायण सिंहका अनुसार वीरगन्जको प्रयोगशालामा गरिएको पीसीआर परिक्षणमा बेवारिसे अवस्थामा मृत फेला परेका व्यक्तिसहित २ बालक, २ महिला र एक पुरुषसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


ADVERTISEMENT


‘बेवारिसे अवस्थामा मृत भेटिएका अन्दाजी २५ वर्षीय व्यक्तिको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ,’ कान्तिपुरसँग डा.सिंहले भने, ‘उनको शव नारायणी अस्पतालमा राखिएको छ ।’ हालसम्म मृतकको पहिचान नखुलेको डा. सिंहले जनाए ।


ADVERTISEMENT

# # #


डा. सिंहका अनुसार सुखवाप्रसौनी गाउँपालिकाको देउरवाना क्वारेन्टाइनबाट रिफर गरिएका ३ वर्षीय बालकमा पनि कोरोना संक्रमण देखिएको छ । भारतको तिरुपति बालाजीबाट फर्किएर वीरगन्जको कन्ट्री इन होटलमा क्वारेन्टाइनमा बसेका वीरगन्ज कुम्हाल टोल निवासी एक महिला र पुरुषमा समेत कोरोना संक्रमण देखिएको डा. सिंहले बताए ।