नयाँ दिल्ली- प्रधानमन्त्री केपी शर्मा ओलीले राम नेपालकै भएको र रामको जन्मभूमि अयोध्या नेपालको ठोरीमा रहेको अभिव्यक्ति दिएपछि चौतर्फी आलोचना भइरहेको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री ओलीले सोमबार भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने तर, भारतले नक्कली अयोध्या खडा गरेर सांस्कृतिक अतिक्रमण गरेको भनाईलाई लिएर भारतका सन्यासी र बाबाहरुले चर्को विरोध जनाएका छन् । सन्त–महन्तहरुको छाता संस्था अखिल भारतीय अखाडा परिषदले नेपालका प्रधानमन्त्रीको अभिव्यक्तिले सनातन धर्ममाथि नै प्रहार भएको र यसविरुद्ध जनआन्दोलन गर्ने चेतावनी समेत दिएको छ । परिषद् भारतका भरका सन्त–महन्तहरुका १३ अखडाका प्रतिनिधित्व हुनेगर्छ ।


ADVERTISEMENT

# # #