सल्यान- जिल्लाको सल्यान बहुमुखी क्याम्पस लुहापिङ्गको आईसोलेसनमा बसेर उपचार गराईरहेका ३४ कोराना संक्रमित ठिक भएर घर फर्किएका छन । पिसिआर परिक्षण गर्दा रिर्पोट नेगेटिभ आएपछि उनीहरु घर फर्केका हुन ।

जिल्लामा दुई २५ जना कोरोना संक्रमित देखिएकामध्ये ठिक भएर घर फर्कनेको संख्या दुई सय आठ पुगेको स्वास्थ्य कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले बताउनुभयो । कोरोना जितेर घर फर्केकालाई १० दिनसम्म पुन घरकै क्वारेन्टाइृनमा बस्न आग्रह गरिएको उहाँले जानकारी दिनुभयो ।


ADVERTISEMENT


उहाँका अनुसार कुमाख गाउँपालिकाका १५, बन्गाड कुपिण्डे नगरपालिकाका नौ , शारदा नगरपालिकाका तीन, बाग्चौर नगरपालिकाका दुई जना र दार्मा/ कपुरकोट गाउँपालिकाका एक/एक जना रहेका छन ।


ADVERTISEMENT

# # #


जिल्लामा अहिलेसम्म भेटिएका दुई सय २५ जना कोरोना संक्रमित मध्ये १७ जना मात्र बिभिन्न आईसोलेसनमा बसेर उपचार गराईरहेका छन् । १७ मध्ये सात जना सल्यान बहुमुखी क्याम्पसको आईसोलेसनमा, नौ जना बन्गाडमा र छत्रेस्वरी गाउँपालिकामा एक जना उपचाररत छन । उनीहरु सवैको अवस्था सामान्य छ ।