भक्तपुर- कोरोना भाइरस (कोभिड–१९) संक्रमण न्यूनिकरण तथा नियन्त्रणका लागि भन्दै भक्तपुर नगरपालिकाले ऐतिहासिक गथांमुग: च:ह्रे र गाईजात्रा पर्वलाई औपचारिक पूजाआजामा सीमित गर्न आग्रह गरेको छ ।


ADVERTISEMENT


नगरपालिकाले साउन ४ गते गथांमुग: च:ह्रे र साउन १९ देखि २७ गतेसम्म मनाइने गाईजात्रा (सापारु) पर्वलाई औपचारिक पूजाआजा मै सम्पन्न गर्न आग्रह गरेको हो । दुबै पर्वमा एकै ठाउँमा सयौंको संख्यामा भिड जम्मा भई मनाउने प्रचलन रहेको र यसवर्ष विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढी रहेको परिस्थितिमा नित्य पूजा मात्रै गरेर जात्रा मनाउन सरोकारवालासँग छलफल गरेर औपचारिक पूजामा सीमित गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।


ADVERTISEMENT

# # #