काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ८७ जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ । जसमध्ये काठमाडौँका ७६ जना, ललितपुरका १० जना र भक्तपुरका १ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका २५ जनामा कोरोना पोजेटिभ देखिएको छ । यस्तै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौँका १५ जना, ललितपुरका २ जना र भक्तपुरका १ जनामा कोरोना पाइएको छ ।


ADVERTISEMENT

# # #


यस्तै कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र हेटौँडामा काठमाडौँका १ जना, वीर अस्पताल काठमाडौँमा काठमाडौँका ३ जना र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा काठमाडौँका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा काठमाडौँका १३ जनामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा. गौतमले जानकारी दिएका छन् । यस्तै स्टार अस्पताल सानेपामा काठमाडौँका ४ जना र ललितपुरका १ जनामा कोरोना पाइएको छ । यस्तै बीआइडीएच ल्याब ललितपुरमामा ललितपुरका ६ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

ह्याम्स अस्पताल काठमाडौँमा काठमाडौँका ९ जना र ललितपुरका १ जना, विरेन्द्र अस्पतालमा काठमाडौँका १ जनामा कोरोना पाइएको छ । काठमाडौँ उपत्यकामा एकैदिन अहिलेसम्मकै धेरै संख्यामा संक्रमित देखिएका हुन् । काठमाडौँमा बुधबार ६२ जनामा नै कोरोना पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टामा नेपालमा ३६० जनामा कोरोना संक्रमित भेटिएका छन् । यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २१ हजार ७५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै गत २४ घण्टामा २३३ जना निको भएका छन् भने हालसम्म १५ हजार ३८९ जना उपचारपछि निको भएका छन् । आजसम्म ६५ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा ५ जना पुरुषको मृत्यु भएको छ ।