काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप ५ जनाको मृत्यु पुष्टि भएको छ । मृत्यु हुनेमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा मोरङको रंगेली नगरपालिका वडा नं. ८ का ४५ वर्षीय पुरुषको साउन २१ गते मृत्यु भएको छ । ज्वरो तथा श्वास प्रश्वासमा समस्या भई कोशी अस्पताल ल्याउँदा उनको मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


यस्तै मोरङकै विराटनगर महानगरपालिका बस्ने ४५ वर्षीय पुरुषको कोशी अस्पतालमा मृत्यु भएको छ । सर्लाही मलंगवा नगरपालिका वडा नं. ८ स्थायी ठेगाना भएकी ६५ वर्षीय १ महिलाको साउन २१ गते सशस्त्र प्रहरी बल बलम्बुमा मृत्यु भएको छ । यस्तै धनुषाको मिथिया नगरपालिका वडा नं. १० बस्ने ७२ वर्षीय एक महिलाको साउन १७ गते ओम अस्पताल तथा रिसर्च सेन्टर चाबहिलमा मृत्यु भएको छ ।

यस्तै सप्तरीको रुक्मणी नगरपालिका वडा नं. ५ बस्ने ४२ वर्षीय १ पुरुषको साउन २१ गते मृत्यु भएको छ ।

यससंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ । नेपालमा आजसम्म कोरोना संक्रमितको संख्या २१ हजार ७५० रहेको छ । आज मात्रै ३६० जना नयाँ संक्रमित फेला परेका छन् । कूल संक्रमितमध्ये १५ हजार ३८९ जना उपचारपछि निको भएका छन् ।

पछिल्लो २४ घण्टामा २३३ जना उपचार पछि निको भएका छन् ।