काठमाडौँ – नेकपा माओवादी केन्द्रले वर्तमान गठबन्धनको सरकार धेरै दिन नटिक्ने तर्क गरेको छ ।


ADVERTISEMENT


बुधबार पार्टी कार्यालय पेरिसडाडामा पत्रकार सम्मेलन गर्दै माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारप्रति कांग्रेसभित्रै चर्को आक्रोश रहेकाले वर्तमान गठबन्धनको सरकार धेरै दिन नटिक्ने बताए । सरकारलाई लिएर कांग्रेसभित्र चर्को अन्तर्विरोध देखिएकाले सरकारका आयु धेरै दिन छैन भन्ने सहजै अनुमान लगाउन सकिने उनले बताए ।


ADVERTISEMENT

# # #


सापकोटाले आफहरु सरकार ढाल्ने खेलमा भने नरहेको स्पष्ट पारे । उनले संविधान संशोधनको आवरण बनाएर दुई दलको सरकार बनाइएको भन्दै अहिले दुई दलको सरकार अधिनायकवादको दिशातर्फ उन्मुख रहेको जिकिर गरे । वर्तमान सरकार मुलुकको कलंकको रुपमा स्थापित भइरहेको उनको भनाइ छ ।

त्यस्तै उनले निजामती विधेयकका विषयमा सांसदहरुको इमानमाथि प्रश्न उठेको भन्दै यसको जिम्मा संसदको नेतृत्व तहले लिनुपर्ने बताए ।