काठमाडौँ – साताको पाँच दिनको कारोवारमा ३ दिन बढेको शेयर परिसूचक १० दशमलव ९१ विन्दुले तल झरेको छ । आइतवार, बुधवार र बिहीवार बढेको परिसूचक सोमवार ६ दशमलव १२ र मंगलवार २२ दशमलव ९१ ले गिरावट आएको थियो ।
परिसूचकसँगै यो साता शेयर कारोवार पनि २ अर्ब १३ करोडले घटेको छ । अघिल्लो साता १४ अर्ब २९ करोडको कारोवार भएको बजारमा यस साता १२ अर्ब १५ करोडकोम मत्रै कारोवार भएको हो ।
सातामा उक्त रकम बराबर कुल बजार पूँजिकरण घटेको छ । गत साताको अन्तिम कारोबार दिन २० खर्ब ९० अर्ब २० करोड रहेको कुल बजार पूँजिकरण रकम यो साताको अन्तिम कारोबार दिन २० खर्ब ८० अर्ब १२ करोड ८० लाखमा झरेको छ। घटेको बजारमा यो साता लगानीकर्ताहरुले १० अर्ब ७० करोड ८० लाख गुमाएका छन् ।