काठमाडौँ – लामो समयको बन्दाबन्दीपछि सरकारले विदेशी पर्यटक समेत नेपाल आउन पाउने गरी तयारी अगाडि बढाएको छ । पर्यटन मन्त्रालयले कात्तिक १ गतेदेखि विदेशी पर्यटकलाई नेपाल घुम्न आउन खुला गर्ने तयारी गरेको हो ।


ADVERTISEMENT


मन्त्रालयले हवाइ मार्गबाट आउने पर्यटकलाई अनअराइभल भिसाको व्यवस्था गरी अनिवार्य ७ दिन क्वारेन्टिनमा राखेर घुम्न दिने गरी गृह मन्त्रालयसँग समन्वयन गरेको छ । क्वारेन्टिनको ५ औँ दिनमा पर्यटककाके स्वाब संकलन गर्ने र त्यसपछि मन्त्रालयले बनाएको स्वास्थ्य मापदण्ड अपनाएर घुम्न दिने मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिए ।


ADVERTISEMENT

# # #