कोरोनाविरुद्धको खोप अभियानको पहिलो चरणको एक लाख ८४ हजारले खोप लगाएका छन् । शुक्रवारसम्म ४ लाख ३० हजारलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको थियो ।


ADVERTISEMENT


तर शुक्रवारसम्ममा १ लाख ७१ हजारलाई मात्र खोप लगाउन सकेपछि मन्त्रालयले पहिलो चरणको अभियानमा एक दिन थप गरेको थियो । खोप अभियानको अन्तिम दिन शनिवार साँझसम्ममा २ लाखभन्दा कमले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


भारत सरकारले अनुदानमा १० लाख मात्रा खोप उपलब्ध गराएको थियो । यस्तै चीन सरकारले पनि नेपाललाई पाँच लाख मात्रा खोप उपलब्ध गराउने भएको छ । यसैगरी विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभ्याक्स सुविधाअन्तर्गत २० लाख खोप आगामी महीनासम्म नेपाललाई दिने बताएको छ ।