काठमाडौँ – नेपाल पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मासुका लागि पालन गरिने पशु तथा पन्छीमा नेपाल आत्मनिर्भर भएको बताएको हो ।


ADVERTISEMENT


विदेशबाट मासुका लागि पशुपन्छीको आयात नभए पनि मागअनुसार नेपाली उत्पादन नै खपत गर्न पुग्ने निश्कर्ष मन्त्रालयको छ ।


ADVERTISEMENT

# # #


सोहीअवसरमा आज मन्त्रालयले नेपाल पशुपन्छी उत्पादनमा आत्मनिर्भर भएको कार्यक्रम राखेको छ । दिउँसो ११ः३० मा ललितपुर जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा कार्यक्रम राखिएको मन्त्रालयका सचिव डा. प्रेम नारायण कँडेलले जनाएका छन् ।

उक्त कार्यक्रममार्फत प्रधानमन्त्री ओलीले नेपाल पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा गर्नेछन् ।