वीरगञ्ज – नेपाल राष्ट्र बैंकले विद्युतीय कारोबार र मोबाइल बैंकिङको प्रबद्र्घन र पहुँच विस्तार गर्न क्यु.आर.कोडमार्फत हुने भुक्तानीलाई अभियानको रुपमा अगाडी बढाएको छ । सोही सन्दर्भमा बुधवार माछापुच्छ्रे बैंक, वीरगञ्ज शाखाले वीरगञ्जस्थित मिनाबजारमा रहेको वीरगञ्ज तरकारी तथा फलफूल बजारका २२ जना व्यवसायीहरुलाई क्यु.आर.कोड हस्तान्तरण गरेको छ ।


ADVERTISEMENT


उक्त कार्यक्रम माछापुच्छ्रे बैंक प्रदेश २ का प्रमुख व्यवसायीक अधिकृत भरत कुमार लम्सालको अध्यक्षताममा वीरगञ्ज महानगरपालिका मेयर विजय कुमार सरावगीको प्रमूख आतिथ्यता तथा नेपाल राष्ट्र बैंक, वीरगञ्ज कार्यालयका निर्देशक डा. राजनकृष्ण पन्तको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा मेयर सरावगी र नेपाल राष्ट्र बैंक, वीरगञ्ज कार्यालयका निर्देशक डा. पन्तले तरकारी पसलमागई किनमेल गरी क्युआर कोड मार्फत भुक्तानी समेत गरेका थिए ।


ADVERTISEMENT

# # #


नेपाल राष्ट्र बैंकका निर्देशक डा. पन्तले मुद्रा र भुक्तानी प्रणालीको ऐतिहासिक विकाक्रम, क्यु.आर.कोड भुक्तानी प्रणालीका अन्तर्राष्ट्रिय परिवेश र नेपालमा क्यु.आर.कोड भुक्तानी प्रणालीको अवस्था, बढ्दो स्मार्ट फोनको प्रयोग, वित्तीय साक्षरता, विस्तारीत वित्तीइ पहुँचका कारणले नेपालमा क्यूृ.आर कोड भुक्तानी प्रणालीका प्रचुर संम्भावना रहेको बताए । साथै नेपाल राष्ट्र बैंकको स्वास्थ्य, सुरक्षित र सक्षम भुक्तानी प्रणालीको विकास गर्ने मुख्य भूमिका रहेको बताउँदै फागुन १७, २०७७ मा अन्तर्राष्ट्रिय मापदण्डको ‘क्युआर कोड स्ट्याण्डराइजेसन फ्रेमवर्क र गाइडलाइन’ २०२१ जारी गरी ग्राहकसंग कुनै शूल्क लिन नपाइने, क्यू.आर. एप सुरक्षा र अडिट लगायत ग्राहक गुनासो सुनुवाईको समेत व्यवस्था गरिएको जानकारी दिए ।

पर्सा जिल्लको विद्युतिय कारोबारको अवस्थाको बारेमा जानकारी दिदै डा. पन्तले २०७७ पौष सम्ममा मासिक तीन लाख बहत्तर हजार कारोबार संख्याबाट करिब एक अर्ब पच्चीस करोड कारोबार भएको , मोबाइल बैंकिङ सेवा लिनेको संख्या २ लाख पुगेको र मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा उल्लेख भए अनुसार २०७७ फागुन १९ गते मोबाइल बैंकिङको दैनिक कारोबार सीमालाई दोब्बर बनाउँदै १ लाख बाट २ लाख बनाएको तथ्यांक प्रस्तुत गरेका थिए । डा.पन्तले बैंक तथा वित्तीय संस्थाहरुले विद्युतीय कारोबारका प्रबद्र्घनको लागि वित्तीय साक्षरतामा गरिने निश्चित खर्चलाई संस्थागत सामाजिक दायित्वमा गणना गर्न सकिने व्यवस्था गरिएको बताए । क्यु.आर.कोड मार्फत हुने भुक्तानी को फइदाहरुको बारेका थप विचार राख्दै डा. पन्तले क्यु.आर.कोड निकै सहज भएको र नयाँ नोट छपाई एवं ढुवानी गर्दा ठूलो धनराशीखर्च हुने गरेकोले क्युआर कोड भुक्तानी सेवामार्फत राज्यको सो खर्च घटाउन र नेपाल राष्ट्र बैंककोले लिएको वित्तीय साक्षरता बढाउने अभियानमा सहयोग पुग्नुे, ग्राहक एवं खुद्रा पसले दुवैलाई फाइदा हुने भएकोले सबै बैंक तथा वित्तीय संस्था, व्यवसायी तथा ग्राहकहरुलाई यस सेवामा जोडिन आह्वान गरे ।

वीरगञ्ज महानगरपालिका मेयर सरावगीले कोरोना महामारीको त्रास अझै केही बर्ष रहने हुनाले नगद कारोबारबाट हुनसक्ने संक्रमणको जोखिम न्यूनिकरण गर्न क्यु.आर.कोड मार्फत हुने भुक्तानी सेवाले महत्वपूर्ण भुमिका खेल्ने बताए । मेयर सरावगीले नेपाल राष्ट्र बैंकको पहलमा अघि बढेको यस क्यु.आर.कोड मार्फत हुने भुक्तानी अभियानलाई केन्द्रीय सरकार र स्थानीय सरकारबाट पूर्ण प्राविधिक तथा आवश्यक पूर्वाधारको सहयोग, महानगरपालिका साथ र प्रशासनीक प्रकृयामा सहजता प्रदान गर्ने प्रतिवद्घता व्यक्त गर्दै वीरगञ्ज क्षेत्रका तरकारी तथा फलफुल व्यवसायीहरुलाई बैंकमा खाता खोली, मोवाइल बैंकिङको सेवा दर्ता गराई क्यु.आर.कोड मार्फत ग्राहकबाट भुक्तानी लिन अनुरोध गरे ।

कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नं. ६ का वडाध्यक्ष ध्रुव नेपाल, वीरगञ्ज महानगरपालिका वडा नं. ८ का वडाध्यक्ष राजकिशोर गुप्ता, तरकारी तथा फलफुल व्यवसायी संघ वीरगञ्जका अध्यक्ष विदुर गुलान, नेपाल राष्ट्र बैंक वीरगञ्ज कार्यालयका उप निर्देशक राजन प्रसाद अधिकारी, सहायक निर्देशक प्रदिप बानियाँ, वडा प्रहरी कार्यालय वीर्ताका निरीक्षक राजेश राज पुरीका साथै माछापुच्छ्रे बैंक वीरगञ्जको शाखा प्रमुख मनीष उपाध्याय लगायतको उपस्थिती रहेको थियो ।