काठमाडौँ– कोरोना जोखिम न्यूनीकरणका लागि निषेधाज्ञाका क्रममा काठमाडौं भित्रने र बाहिरने नागढुङ्गा नाकामा पनि कडाई गरिएको छ ।


ADVERTISEMENT


नागढुङ्गा नाकाबाट अत्यावश्यक बाहेकका सवारी साधनलाई प्रवेशमा रोक लगाइएको छ । नाकाबाट धेरै एम्वुलेन्स काठमाडौं प्रवेश गरेको थानकोट प्रहरीले जनाएको छ । त्यस्तै खाद्य सामाग्री बोलेका सवारी साधन र अत्यावश्यक कामका लागि आएका केहि निजी सवारीलाई पनि उपत्यका प्रवेश गराइएको छ । साँझ भने समस्यामा परेका सर्वसाधारणलाई गन्तव्यमा पुराउन केहि सार्वजनिक बस काठमाडौंबाट बाहिरिने गरेको छ ।


ADVERTISEMENT

# # #


निषेधाज्ञा जारी गरेपछि अत्यावश्यक सेवाको सवारी साधनलाई मात्र काठमाडौं उपत्यका भित्र प्रवेश गर्न अनुमित दिने व्यवस्था गरिएको छ ।