काठमाण्डौं- निर्वाचन आयोगमा दर्ता भएको समानुपातिक उम्मेदवारको सूचीमा परिसकेका कांग्रेस पूर्वमहामन्त्री कृष्ण सिटौलाले झापा ३ बाटै निर्वाचन लड्ने घोषणा गरेका छन्। सोमबार झापा पुगेका उनले नेता कार्यकर्तासँग भने, ‘मसँग सल्लाह नै नगरी मेरो नाम समानुपातिकमा पठाइएको छ, तर म झापा–३ बाटै निर्वाचन लड्छु।’ कार्यकर्ताले समानुपातिकमै जान आग्रह गरे आफूलाई मान्य हुने पनि उनले बताएका छन्। यो खबर रमेश सापकोटाले आजको नयाँ पत्रिकामा लेखेका छन्।


ADVERTISEMENT


एमाले र माओवादी केन्द्रले वाम गठबन्धन बनाएपछि कांग्रेसले राप्रपासँग मिलेर बलियो गठबन्धन बनाउन खोजेको छ। त्यसकै चेपुवामा सिटौलाजस्ता शीर्ष नेता पनि परेका छन्। गत संविधानसभा निर्वाचनमा सिटौलासँगै पराजित राप्रपाका राजेन्द्र लिङ्देनका लागि सिट छोड्न कांग्रेस तयार भएको छ।


ADVERTISEMENT

# # #


कांग्रेसले गत संविधानसभामा झापामा चार क्षेत्र जितेको थियो। एमालेको पकड भएको झापामा सिटौलाजस्ता प्रभावशाली नेता चुनावमा नजाँदा यसको फाइदा वाम गठबन्धनलाई हुन्छ, कांग्रेस कार्यकर्ताको मनोबल गिर्छ भन्नेहरूले पनि सिटौलालाई प्रत्यक्षमै उठ्न सुझाब दिइरहेका छन्।