धादिङको आदमघाटमा प्रतिबन्धित सालकको खपटासहित लिएर हिँडिरहेको अवस्थामा तीनजनालाई मंगलबार केन्द्रीय अनुसन्धान ब्यूरो टोलीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बिक्रीका लागि गाउँबाट लैजाँदै गर्दा गजुरी गाउँपालिकाअन्तर्गत आदमघाटबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो ।


ADVERTISEMENT


पक्राउ पर्नेमा गजुरी गाउँपालिका–७ का झंकबहादुर अधिकारी, भीमबहादुर पण्डित र रामजी भुजेल रहेका छन् । लोपोन्मुख जनावरको खपटा बोकेको आरोपमा पक्राउ परेकालाई वन्यजन्तु ऐनअनुसार मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ । – गोरखापत्र अनलाईनबाट


ADVERTISEMENT

# # #