काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन आह्वान गरेका छन् ।


ADVERTISEMENT


भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत नेता खलनालले आइतबार एक विज्ञप्ति जारी गर्दै एमाले सांसदसँग देउवालाई विश्वासको मत दिन अपील गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनले देउवा नेतृत्वको सरकार निर्वाध रुपले दुई वर्ष चल्नुपर्ने बताएका छन् । ‘सर्वोच्च अदालतको उक्त फैसलापछि लोकतान्त्रिक आन्दोलनका सहयोद्धा माननीय शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेको छ। यो सरकार अब दुई वर्षसम्म निर्वाध रूपले चल्न सक्नुपर्छ’, खनालले विज्ञप्तिमार्फत् भनेका छन्, ‘त्यसैले म नेकपा एमालेका सांसदीय दलका सम्पूर्ण माननीय सदस्यलाई कुनै पनि प्रकारको अलमल र आक्रोशबाट प्रभावित नभइकन देउवा सरकारलाई विश्वासको मत दिन हार्दिक आग्रह गर्दुछ।’

प्रतिनिधिसभा विघटनलाई बदर गरी प्रधानमन्त्रीमा देउवालाई नियृक्त गर्न सर्वोच्चले जारी गरेको परमादेशलाई नेता खनालले नेपालको राजनीतिक इतिहासमा एक ऐतिहासिक फैसला रहेको बताएका छन् । फैसला स्वीकार गर्नुको विकल्प नरहेको बताउँदै उनले फैसलाको विरोध गर्ने, भत्सर्ना गर्ने, खिल्ली उडाउने र भण्डाफोरको अधियान चलाउने काम कानुन र संविधानसम्मत नरहेको उल्लेख गरेका छन् ।