काठमाडौँ – जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षका पाँच सांसद् गुट परिवर्तन गर्दै अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा गएका छन् ।


ADVERTISEMENT


पार्टी कार्यालय बालकुमारीमा शनिबार बसेको जसपा उपेन्द्र यादव पक्षको संसदीय दलको बैठकमा ठाकुर पक्षमा रहेका प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल र नरमाया ढकाल सहभागी भएका हुन् । त्यस्तै सांसद रुही नाजले पनि आफु यादव पक्षमा नै रहेको र उपत्यका बाहिर रहेकाले बैठकमा सहभागी हुन नसकेको जानकारी गराएको जसपा सांसद मृगेन्द्र कुमार सिंह यादवले जानकारी दिए ।


ADVERTISEMENT

# # #


संसदीय दलको अनौपचारिक बैठकमा संसदमा निर्वाह गर्ने भूमिका बारेमा छलफल भएको यादवले बताए । त्यस्तै उनले निर्वाचन आयोगले पार्टीका विषयमा निर्णय गरेपछि संसदीय दलको नेता चयन लगाएतको प्रक्रिया सुरु गर्ने पनि बताए ।

जसपाका दुवै पक्षले निर्वाचन आयोगलाई आफूहरूलाई अलग गराइदिन आग्रह गरिसकेका छन् । पाँच सांसद यादव समूहमा लागेपछि अब यादव समूह झन् बलियो हुने देखिएको छ । ३२ सांसदमध्ये अब यादव पक्षमा १७ सांसद रहेका छन् भने ठाकुर पक्षमा १५ सांसद रहनेछन् ।