काठमाडौँ – नेपाली कांग्रेसका नेता नैनसिंह महरले महाधिवेशनको विकल्प महाधिवेसन नै भएकोले बैधानिक समयभित्र महाधिवेशनका लागि युवाहरुले खवरदारीका साथ नेतृत्व लाई दबाब दिने बेला आएको बताएका छन् । अन्तरराष्ट्रिय युवा दिवसको अवसरमा युवा सञ्जालले आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता महरले आज बस्न लागेको महाधिवेशन केन्द्रित केन्द्रीय कार्यसमितिको बैठकलाई ९ जति क्रियाशिल कार्यकर्ताको महाधिवेशनको चाहाना विरुद्ध गएर मनपरी नगर्न खबरदारी गरेका हुन् ।


ADVERTISEMENT


केन्द्रीय समिति मात्रै सम्पूर्ण कांग्रेस नभएकाले ९ लाख बढी सक्रिय नेता, कार्यकर्ताको हित प्रतिकुल हुनेगरि निर्णय नगर्न नेता महरले अनुरोध गरे । केन्द्रीय समितिले आफ्नो साढे ५ बर्षको कार्यकाल गुट–उपगुट र भागबण्डामा समय गुजारेकाले पार्टीको महाधिवेशन समयमै सम्पन्न गर्न अप्ठ्यारो भईरहेको नेता महरको भनाई छ । नेता महरले महाधिवेशन फास्टट्रयाकबाटै भएपनि समयमै सम्पन्न गर्नुपर्ने धारणा राखे ।


ADVERTISEMENT

# # #


युवा नेता महरले कुल जनसंख्याको ४० प्रतिशत बढी युवा हुनु मुलुकका लागि राम्रो कुरा भएको बताउदैँ अब राजनीतिक दल र राज्यका हरेक ठाउँमा युवाको हस्ताक्षेपकारी भूमिका हुनुपर्ने बताए ।

कार्यक्रममा उनले कोरोना महामारीका कारण रोजगारीका लागि विदेशिएका ४ लाख ५२ हजार बढी नेपालीहरु स्वदेश फिर्ता भएको र स्वदेशमै पनि ३५ लाख बढी ले रोजगारी गुमाउदा यसको प्रभावमा बहुसंख्यक युवा परेको बताउदैँ उनीहरुको उचित व्यवस्थापन गर्नुपर्ने बताएका थिए । उनले कोरोनाको तेस्रो लहरको सबैभन्दा उच्च जोखिममा बालबालिका रहेकाले उनीहरुलाई जोगाउनका लागि सरकारले गम्भीर भएर लाग्न सरकारलाई सुझाए ।