काठमाडौँ – अन्तरराष्ट्रिय युवा दिवस २०२१ को अवसरमा शुभकामना व्यक्त गर्दै नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले युवाको सहभागिता र संलग्नताबिना कुनै पनि परिवर्तनहरु संस्थागत रुप लिई दिगो हुन नसक्ने बताएका छन् ।


ADVERTISEMENT


लोकतन्त्रप्रेमी युवाहरुलाई एउटै एजेण्डामा एकाकार हुन आह्वान गर्दै उनले संविधान र लोकतन्त्रको संरक्षण गर्दै नेपालको आर्थिक विकास र समृद्धिमा मुलुकलाई अघि बढउने जिम्मेवारी नेपाली काँग्रेसको काँधमा आएको भन्दै यसका लागि तयार हुन युवाहरुलाई उनले आह्वान गरेका छन् ।


ADVERTISEMENT

# # #


उनले राष्ट्र र राष्ट्रियता, आर्थिक विकास र समृद्धि, लोकतन्त्र र परिवर्तन तथा न्याय, समानता र समतामुलक समाजको जग निर्माण गर्ने शक्ति युवाहरु भएको बताउँदै युवाहरुलाई शुभकामना व्यक्त गरेका छन् । आफूलाई सक्षम र सशक्त बनाउँदै विश्व माझ नेपालको पहिचानलाई चिनाउने जिम्मेवारी युवाको काँधमा रहेको बताए ।