बनेपा– प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा वैध हतियार बुझाउन शुरु भएको छ ।
केही दिनअघि निर्वाचनलाई लक्षित गरेर जिल्ला प्रसासन कार्यालयले हतियार बुझाउन गरेको आग्रह बमोजिम विभिन्न व्यक्तिसँग रहेको नौवटा हातहतियार बुझाएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले जानकारी दिए ।
ती हतियार भूतपूर्व सेनाका अधिकृतले अनुमति लिएर राखेका थिए । जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका १९ हातहतियारमध्ये १० वटा विभिन्न बैँकसँग रहेको थियो । प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडाले कतिपय हातहतियार रेकर्डमा नभएकाले समयमै बुझाउनका लागि पुनःसचेत गरिने बताए ।