काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला र ३ सय रुपैयाँले बढेको छ । छापावाल सुन आइतबार प्रतितोला र ८९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ८५० रुपैयाँ तोकिएको छ ।
तेजाबी सुन आइतबार प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।
महासङ्घका अनुसार चाँदीको मूल्य आइतबारका तुलनामा आज प्रतितोला र १० रुपैयाँले बढेको छ । आइतबार प्रतितोला एक हजार १५० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला रु एक हजार १६० तोकिएको हो ।
अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७५९ दशमलव १४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।