काठमाण्डौं-बिगतका दुईवटै संविधानसभामा एक/एक समानुपातिक सभासद पाएको नेपाः राष्ट्रिय पार्टीले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । ‘खड्ग’ चुनाव चिह्न रहेको उक्त पार्टीको घोषणापत्रमा प्रतिनिधिसभाबाट संविधान संशोधन गरेर आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम, खस, थारु, अल्पसङ्ख्यक, अपाङ्गगता भएका व्यक्ति आदिको अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता उल्लेख छ ।


ADVERTISEMENT


प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रधानमन्त्री पद्धतिलाई स्वीकार गर्दै प्रदेश ३ लाई नेवाःताम्सालिङ प्रदेश नामाकरण गर्ने यस पार्टीको घोषणापत्रमा लेखिएको छ । ‘जनताको राष्ट्रवाद’ सिद्धान्त अनुशरण गर्दै राष्ट्रियता र राष्ट्रिय अखण्डताको भावना जागृत गर्ने कार्यलाई प्राथमिकतामा नेपाः पार्टीले राखेको छ । प्रदेशमा नेपालीसहित नेपालभाषा र तामाङ भाषालाई सरकारी कामकाजी बनाउने र नेपाल संबत्लाई सरकारी कार्यालयमा चलाउने प्रतिवद्धता व्यक्त गरेको छ ।
विकासको नाममा स्थानीय जनताको सम्पति अधिग्रहण गर्न र पुर्खाहरूको धरोहर, राष्ट्रिय सम्पदाहरुलाई सुरक्षित र संरक्षण गर्ने उक्त पार्टी कटिबद्ध रहेको जनाइएको छ । स्वदेशमा रोजगारी सिर्जना गर्ने, चीन र भारतसँग सुमधुर सम्बन्ध स्थापित गर्दै आर्थिक उन्नति गर्न स्वदेशी उद्योगपति र लगानीकर्ताहरुलाई प्रोत्साहित गर्ने उक्त पार्टीले जनाएको छ ।
उक्त पार्टीका अध्यक्ष डा. विजयहरि सैंजु काठमाडौं क्षेत्र ७ ‘क’ अन्तर्गत प्रत्यक्ष उम्मेदवारी बनेका घोषणापत्र सार्वजनिक कार्यक्रममा जानकारी गराइएको थियो । त्यस पार्टीले प्रतिनिधि र प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक गरेर ३२ जना उम्मेदवारहरुलाई चुनावी मैदानमा उतारेको छ ।


ADVERTISEMENT

# # #