काठमाडौँ – मन्त्रिमण्डल विस्तार लगत्तै मन्त्रिपरिषद्को बैठक बोलाएका प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त मन्त्रीहरुलाई जनअपेक्षा अनुसार काम गर्न निर्देशन दिएका छन् ।
शुक्रबार सिंहदरबारस्थित प्रधामन्त्रीको कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री देउवाले नवनियुक्त मन्त्रीहरुलाई बधाई तथा शुभकामना दिँदै उक्त निर्देशन दिएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
उनले भने, ‘प्रधानमन्त्रीले मलुकको आवश्यकता अनुसार उत्साह, इमान्दारिताका साथ काम गरेर जनअपेक्षा अुनसार अगाडि बढ्न सबै मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ ।’
प्रधानमन्त्री देउवाले आजै १६ जना मन्त्री र २ जना राज्यमन्त्री थप गर्दै मन्त्रिमण्डललाई सरकार गठनको ८८ दिनपछि पूर्णता दिएका छन् ।