काठमाडौं – संघीयता कार्यान्वयनपछिको पहिलो राष्ट्रिय जनगणना आज बिहीबारदेखि सुरु हुने भएको छ । प्रत्येक १० वर्षमा सञ्चालन हुने राष्ट्रिय जनगणना यो वर्ष २५ कात्तिकमा सुरु भएर ९ मंसिरमा सकिनेछ ।


ADVERTISEMENT


जनगणना सञ्चालन गर्न देशभरमा ७ प्रदेश जनगणना कार्यालय, ८७ जिल्ला जनगणना कार्यालय र ३ सय ४९ स्थानीय जनगणना कार्यालय स्थापना गरिएको छ । जनगणनाका लागि देशभर ४० हजार गणक र ८ हजार ५ सय सुपरीवेक्षक परिचालन गरिएको छ ।


ADVERTISEMENT

# # #


केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणनाको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले जनगणना सञ्चालनका लागि देशभरमा ७ प्रदेश जनगणना कार्यालय, ८७ जिल्ला जनगणना कार्यालय र ३ सय ४९ स्थानीय जनगणना कार्यालय स्थापना गरिएको पनि उनले जानकारी दिए ।