काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनस्थल चितवनमा दिन लागेको भनिएको रात्रिभोज उपाध्यक्ष भीम रावलले रोकिदिएका छन्।
पार्टी उपाध्यक्ष भीम रावलले त्यसको विरोध गरेपछि बाध्य भएर उक्त रात्रिभोज रोकिएको हो । रावलले आफू पनि अध्यक्षको उम्मेद्वार रहेको र प्रतिनिधिलाई प्रभावित पार्न खोजिएको भन्दै मंगलबारको स्थायी कमिटी बैठकमा सो विषयमा आपत्ति जनाएका थिए ।
अध्यक्ष ओलीले आगामी शनिबार सबै महाधिवेशन प्रतिनिधिलाई चितवनमै रात्रिभोज दिने कार्यक्रम थियो । एमालेको १० औं महाधिवेशनबाट ओलीले सर्वसम्मत अध्यक्ष बन्ने अपेक्षा गरेका थिए । सोही अपेक्षाबमोजिम उनले मनोनयन दर्तापछि रात्रिभोजको आयोजना गरेका थिए ।
उपाध्यक्ष रावलले अध्यक्षमा चुनौती दिने घोषणा गरेका छन् । उनको घोषणापछि १२ गते मतदान भएपछि अध्यक्षको टुंगो लाग्नेछ।