इलाम – प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ भएको निर्वाचनको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले पहिलो पटक अग्रता लिएका छन् ।


ADVERTISEMENT


नेम्वाङले नेपाली काँग्रेसका डम्बरबहादुर खड्कालाई पछि पारेका हुन् । ताजा मतपरिणाम अनुसार नेम्वाङले २ हजार ५४२ मत प्राप्त गरेका छन् भने खड्काले २ हजार १९७ मत ल्याएका छन् । उनीहरुबीच ३४५ मतको अन्तर रहेको छ ।


ADVERTISEMENT

# # #


यस्तै पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ५९३ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार लिम्बुले ३७९ मत पाएका छन् ।

इलाम–२बाट निर्वाचित नेकपा एमालेका सुवास नेम्वाङको गतवर्ष भदौ २६ गते निधन भएपछि रिक्त रहेको पदमा शनिबार उपनिर्वाचन भएको थियो । एमालेका उम्मेदवार सुहाङ सुवासका छोरा हुन् ।