काठमाडौँ– कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले विदेशी चलखेलका कारण नेपाली जनतामा आन्तरिक द्धन्द्धको जोखिम बढाएको बताएका छन् ।


ADVERTISEMENT


राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा कांग्रेस दार्चुलाद्धारा आयोजित एक कार्यक्रममा बोल्दै नेता महरले सो अभिव्यक्ति दिएका हुन् ।


ADVERTISEMENT

# # #


प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठवटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको स्मरण गर्दै कांग्रेस नेता महरले वर्तमान अवस्थामा जनताको आन्तरिक द्धन्द्ध समाधानको निम्ति राष्ट्रिय मेलमिलापको आवश्यकता अझै बढेर गएको बताए ।

कार्यक्रममा बोल्दै उनले नेपाली जनता व्यक्तिगत नभएर राष्ट्रिय स्वार्थपूर्तिमा केन्द्रित रहनुपर्नेमा जोड दिए । यसका साथै कुनै पनि दल एवम् पार्टी विशेष नभई एकताबद्ध रुपमा लागिपर्ने उनको भनाई छ । ‘जनता–जनताबीच तिक्तता उत्पन्न हुने गरी आउन सक्ने खतरालाई ध्यानमा राखेर वैदेशिक सम्बन्ध स्थापित गर्न सबै दलहरूबीच कसिलो एकता आवश्यक छ,’ नेता महरले भने।

यस्तै, उनले देशको अर्थतन्त्र बलियो बनाउनका निम्ति आर्थिक विकास केन्द्रित राजनीति हुनुपर्ने बताए । ‘आर्थिक स्थिति बलियो भएमा मात्रै देश तथा नागरिकको जीवनस्तर उकासिन्छ । तसर्थ देश र यहाँको नागरिक बलियो बनाउन आर्थिक विकास केन्द्रित राजनीति आजको आवश्यकता देखिएको छ’ उनले भने ।