काठमाडौँ– आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रर्विद्र्घत ‘आइएमई पे’ ले चन्द्रागिरी जाने यात्रुका लागि विशेष छुटको अफर ल्याएको छ ।
कम्पनीले जाडो मौसम र र हाल चन्द्रागिरीमा परेको हिउँका कारण त्यहाँ जाने सर्वसाधारणको इच्छालाई मध्यनजर गर्दै आइएमई पे मोबाइल वालेटमार्फत चन्द्रागिरि टिकट बुकिङ्गमा फ्ल्याट ३०% क्यास ब्याकको अफर सार्वजनिक गरेको हो ।
चन्द्रागिरि टिकटका लागि मान्य हुने भनिएका सो अफर २९ डिसेम्बर– २०२१ देखि १ जनवरी(न्यू ईयर)–२०२२ का दिनसम्म लागु हुने बताइएको छ । यसका लागि यात्रुले आइएमई पे एपबाट टिकटमा खरीद गर्नुपर्ने कम्पनीले जनाएको छ ।
देशकै पहिलो भुक्तानी सेवा प्रदायक रहेको आइएमई डिजिटलले ‘आईएमई पे’ ब्रान्डअन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउँदै आएको छ । जसको मद्दतबाट सेवाग्राहीले एजेन्ट वा स्वयम् आफैँले नै आफैले नै मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सकिन्छ ।