जनकपुर – राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले सत्ताको आतंक मधेशी जनताले निस्तेज पार्ने बताएका छन् ।


ADVERTISEMENT


सत्तारुढ दलका नेता एवं प्रतिनिधिसभा चुनावका प्रतिष्पर्धि विमलेन्द्र निधिप्रति लक्षित गर्दै महतोले सत्ताको दुरुपयोग गर्ने सपना नदेख्न चेतावनी दिए ।


ADVERTISEMENT

# # #


धनुषाको मिल्स एरियामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, धाक धम्कीको राजनीतिबाट राजपा डराउनेवाला छैन ।

काँग्रेसले सत्ताको दुरुपयोग गरी चुनावमा धाँधली गर्न सक्ने दाबी गर्दै महतोले जनताको मतको बाक्सा तलमाथि गर्न खोजिए जनता चुप नलाग्ने बताए ।
मधेशमा भय र त्रासको राजनीति गर्ने नेपाली कांग्रेस बिरुद्ध लड्न आफू सदैव तैयार रहेको महतोको भनाई रहेको थियो ।