काठमाडौँ– प्रधान सेनापति महारथी प्रभुराम शर्मा र भारतीय सेना लेफ्टिनेन्ट जनरल प्रदिप चन्द्रन नैरबीच भेटवार्ता सम्पन्न भएको छ ।


ADVERTISEMENT


मंगलबार भद्रकालीस्थित प्रधान सेनापति महारथी शर्माले जंगी अड्डाको आफ्नै कार्यकक्षमा आसाम राइफलका डाईरेक्टर तथा लेफ्टिनेन्ट जनरल नैरसंग भेटवार्ता गरेका हुन् ।


ADVERTISEMENT

# # #


अति विशिष्ट सेवा मेडल (एभीएसएम) एवम् युद्व सेवा मेडल (वाईएसएम) डाइरेक्टर समेत रहेको नैरसंगको सो भेटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको रक्षा मन्त्रालयले जनाएको छ ।

उक्त भेटघाटले दुई देशका सेनाबीच रहँदै आएको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।