पोखरा – पोखरा महानगरपालिकामा मतगणना जारी छ । हालसम्म ६५ प्रतिशत भन्दा बढी गणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कुल ३३ वटा वडा रहेको महानगरमा हालसम्म १६ वटा वडाको नतिजा आइसकेको छ ।


ADVERTISEMENT


जसमध्ये नेपाली कांग्रेसले ११ वटा वडा र नेकपा एमालेले ५ वटा वडामा जित हासिल गरेको छ । महानगरका २, ३, ४, ७, ९, १२, १३, २३, २४, २५ र २६ वडामा नेपाली कांग्रेसले वडाध्यक्ष जितेको छ भने १, ५, ६, ८ र २० वडामा नेकपा एमालेले जितेको छ ।


ADVERTISEMENT

# # #


समाचार तयार पार्दा  १७, ३० र ३१ को मतगणना सकिएको  छ । १६, १७, २१, ३३ लगायत वडाहरुमा बढी मतदाता छन् । ६५ प्रतिशतभन्दा बढी गणना सकिँदा गठबन्धन उम्मेदवारको अग्रता कायम छ । धनराज आचार्यले ३९ हजार ३ सय ९० मत प्राप्त गरेका छन् भने एमालेका कृष्णबहादुर थापाले ३६ हजार २ सय २ मत प्राप्त गरेका छन् ।

मेयरका अर्का उम्मेदवार राप्रपाका शंकर प्रसाद खरालले ४ हजार ४ सय ४५ र लौरो चिन्हका स्वतन्त्र उम्मेदवार गनेस पौडेलले २ हजार ५ सय ६३ मत पाएका छन् ।

उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाट झिनो अन्तरले अगाडि छन् । उनले ३० हजार २ सय ६० मत ल्याएकी छन् भने नेकपा एमालेकी मञ्जुदेवी गुरुङले ३० हजार १ सय ७६ मत प्राप्त गरेकी छन् ।