काठमाडौँ – भारतीय महिला क्रिकेट टिमकी कप्तान मिथाली राजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेकी छन् । बुधबार सामाजिक सञ्जाल ट्वीटरमा एक पोस्ट सार्वजनिक गर्दै मिथालीले उक्त जानकारी दिएका हुन् ।


ADVERTISEMENT


३९ वर्षीय मिथालीले अब आफ्नो मेरो ध्यान दोस्रो इनिङ्समा हुने बताएकी छन् । मितालीले आफ्नो सन्देशमा लेखेकी छिन्, ‘म सानो बच्चा थिएँ जब मैले निलो जर्सी लगाएर देशको प्रतिनिधित्व गरेकी थिएँ । यो यात्रा धेरै लामो थियो, जसमा सबै प्रकारका पलहरू देखिएका थिए। पछिल्ला २३ वर्षहरु मेरो जीवनको उत्कृष्ट क्षणहरू मध्ये एक थिए। अन्य यात्राहरू जस्तै यो यात्रा पनि समाप्त हुँदैछ र आज म सबै प्रकारका अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्दैछु।’


ADVERTISEMENT

# # #


मिथाली राजले २६ जुन १९९९ मा भारतीय महिला टोलीबाट डेब्यु गरेकी थिइन् । उनी विगत २३ वर्षदेखि भारतीय टोलीबाट खेल्दै आएकी उनले भारतका लागि १० हजारभन्दा बढी रन बनाएकी छिन् । उनले सन् २००० मा भारतका लागि पहिलो विश्वकप खेलेका थिइनन् । ।

यसपछि सन् २००५, २००९, २०१३, २०१७ र २०२२ मा पनि उनी भारतीय टिमका लागि मैदानमा उत्रिएकी थिइन् । मिथालीले सबैभन्दा धेरै विश्वकप खेल्ने मामिलामा न्युजिल्याण्डकी पूर्व क्रिकेटर डेबी हकली र इङ्ल्यान्डकी शार्लोट एडवर्ड्सलाई पछि पारेकी छिन् । मिथालीपछि झुलन गोस्वामी भारतका लागि सबैभन्दा धेरै विश्वकप खेल्ने खेलाडी हुन् । उनले भारतका लागि पाँच विश्वकपमा पनि भाग लिएकी छन् ।

मिथाली राज बाहेक सचिन तेन्दुलकर भारतका लागि ६ विश्वकप खेल्ने एकमात्र क्रिकेटर हुन्। सचिनले सन् १९९२ देखि २०११ सम्म भारतका लागि ६ वटा विश्वकप खेले र अन्तिम पटक विश्वकप जितेका थिए । ३८ वर्षीया मिथाली राजलाई महिला क्रिकेटको सचिन भनिन्छ ।