काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान अवस्थामा वाम गठबन्धन हुने सम्भावना नरहेको स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनका लागि एमाले एक्लैले तयारी गरिरहेको भन्दै वाम गठबन्धन हुने सम्भावना नरहेको स्पष्ट पारेका हुन् ।


ADVERTISEMENT

# # #


सरकारमा रहेका दलहरु वामपन्थी नरहेको उनको टिप्पणी छ । स्थानीय निर्वाचनमा सिटका हिसावले एमाले दोश्रो दल भएपनि लोकप्रिय मतका आधारमा एमाले नै पहिलो पार्टी भएको दावी गर्दै ओलीले कुनै सिद्धान्त‚ विचारबिना नै ६ दलले एमालेलाई हराउन नै गठबन्धन गरेको बताए । त्यस्तै अहिलेको सरकारले संविधानलाई तोडमोड गरेको उनको आरोप छ ।

यस्तै, आगामी निर्वाचनमा एमाले अध्याधिक बहुमतका आधारमा बिजयी हुने ओलीले दाबी समेत गरेका छन् ।