काठमाडौँ – लोसपाकी सांसद चन्दा चौधरीले स्थानीय चुनावका बेला आफुमाथि भएको आक्रमण गर्नेमाथिको कारवाहीको प्रक्रियाकाबारेमा सरकारसंग जानकारी माग गरेकी छन् ।


ADVERTISEMENT


प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद चौधरीले आफ्नै घरमा गठबन्धनका कार्यकर्ताले आफ्नो हत्या प्रयास गरेको र ८० वर्षकी आमामाथि दुर्व्यवहार गरेको भन्दै आक्रमण गर्नेमाथिको कारवाहीको प्रक्रियाका बारेमा गृहमन्त्रीसंग जानकारी माग गरेकी हुन् ।


ADVERTISEMENT

# # #


उनले भनिन्, ‘१००–५० जना आएर मेरो घरमाथि हमला गर्ने र ८० वर्षको मेरो आमालाई गाली गलौच गर्ने, हात हतियार निकालेर आज यसको छोरीलाई खत्तमै गर्नुपर्छ भनेर गएका रहेछन् । यसमा के कारबाही हुँदैछ, कस्तो कारबाही हुँदैछ ?’

त्यस्तै २७ वर्षदेखि आफ्नो घरमा आक्रमण भएको र आफ्नो दाईलाई कांग्रेसमा रहेका बेला बेपत्ता पारिएको उनले बताइन् । उनले आफ्नो परिवारमाथि आक्रमण गर्ने कानूनसम्वत दोषीलाई कारवाही गरी आफुलाई न्याय दिन माग गरिन् ।

उनले आफुमाथि भएको आक्रमणको प्रयासपछि ४० मिनेटपछि उद्दार गरिएको समेत बताए । चुनावमा सांसदमाथि भएको यस्तो घटना अन्य केहि पनि नभएको उहाको भनाई छ ।