झापा – झापाबाट लागुऔषध मुद्दाको फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगर पालिका वडा नं ७ का तेज बहादुर मगर रहेका छन् ।
मगर २०७६ जेठमा जिल्ला अदालत झापाले गरेको फैसला बमोजिम लागुऔषध मुद्दामा जेलमा हुनुपर्ने भएपनि फरार रहेका थिए ।
उनलाई कैद भुक्तनको लागि जिल्ला कारागार कार्यालय चन्द्रगढी पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायव उपरिक्षक बसन्त पाठकले जानकारी दिए ।