काठमाडौं – प्रभु बैंक लिमिटेड र दि क्लिफ प्रा.लि.का बिच, दि क्लिफ प्रा.लिमा आकर्षक छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । आइतबार बैंकका तर्फबाट गण्डकी प्रदेश मुख्य व्यवसाय केन्द्र अधिकारी  शांन्ती शेरचन र दि क्लिफ प्रा.लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत ईश्वरध्वज कार्कीद्वारा उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो ।


ADVERTISEMENT


प्रभु बैंक र दि क्लिफ प्रा.लि. बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले दि क्लिफ प्रा.लि.द्वारा सञ्चालित स्काई साइक्लिङ्ग, स्काई क्याफे, तथा स्काई ग्लाइडिङ्ग गतिविधिमा १० प्रतिशत छुटका साथै बन्जी जम्पिङ र स्विङ्ग गतिविधि बुकिङ्ग गर्दा यी ६ गतिविधि (स्काई चियर्, विइसीङ ह्याण्ड, हर्स राइडिङ, क्रेज ब्रिड्ज, जाइन्ट पिङ्ग, तथा फ्यामिली पिङ्ग) मध्य] कुनै एक गतिविधिमा निशुल्क सेवा प्राप्त हुने भएको छ ।


ADVERTISEMENT

# # #


उक्त सम्झौता अन्तर्गत दि क्लिफ प्रा.लि.मा सुविधा लिन चाहने प्रभु बैंकका सम्पूर्ण ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्यु आर र पीओएस मेसिन च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, दि क्लिफ प्रा.लि का सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुनेछन् भन्ने बैंकले विश्वास लिएको छ ।