नेकपा एकीकृत समाजवादीको बागमती प्रदेश संसदीय समितिको बैठक सकिएको छ। बैठक नियमित प्रक्रियामा आज पनि बसेको बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री कृष्ण खनालले जानकारी दिए।


ADVERTISEMENT


‘नियमित प्रक्रियाभित्रकै बैठक हो। अहिलेको बैठकदलाई अलि बढी चासोको रुपमा हेरिएको थियो। किन हेरियो भन्ने मलाई नै अचम्म लागेको थियो,’ खनालले बैठकपछि भने, ‘त्यो बजेटका बारेमा कतिपय सांसदहरु योजना छुटेको भए कसरी व्यवस्थित बनाउने भन्ने र अबको गन्तव्य कसरी हुन्छ भन्नेबारे छलफल भएको हो।’


ADVERTISEMENT

# # #


मन्त्री खनालले अहिले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले अहिले राजीनामा दिने प्रश्न नउठ्ने बताए। ‘बागमती प्रदेशमा सरकारमा फेरवदल हुन्छ कि भन्ने चासो थियो,’ खनालले बैठकपछि संचारकर्मीसँग भने, ‘तर, केन्द्रीय गठबन्धनबाट नै सरकार बनेको हुनाले जे फैसला माथिबाट हुन्छ त्यो त्यही नै कार्यान्वयन हुन्छ।’

खासगरी बजेट, कार्यान्वयनको बारेमा आज छलफल भएको उनले बताए। बागमती प्रदेशमा माओवादी केन्द्र र नेपाली कांग्रेसका सांसदहरुले हस्ताक्षर अभियान सुरु गरेका छन्। यद्यपि सो हस्ताक्षरको बारेमा आफूलाई थाहा नभएको उनले बताए।

‘गठबन्धनका अरु सांसदले हस्ताक्षर गरेको भए उहाँहरुलाईै थाहा होला। मैले पनि सुनेको कुरा हो,’ उनले भने, ‘मुख्यमन्त्रीले राजीनामा दिने भन्ने प्रश्न हुँदैन्। माथिबाट निर्णय भएको खण्डमा मात्र उहाँले राजीनामा दिनुहुन्न। यहाँ छाड्दा अन्तपनि प्रश्न उठ्छन्। केन्द्रीय गठबन्धनले निर्णय गरेमा मात्र त्यसमाथि सोच्न सकिन्छ।’