काठमाडौं – मोरङ प्रहरीले श्रीमतीलाई आगो लगाएर हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।


ADVERTISEMENT


मोरङको रंगेली नगरपालिका–१ बिर्ताबजार बस्ने तिलका मल्लिकले घरायसी विवादका कारण ३१ वर्षीया श्रीमती बबिता मल्लिकलाई मट्टीतेल छर्केर आगो लगाएका थिए।


ADVERTISEMENT

# # #


श्रीमती बबिताको शरीरमा आगो लगाएर तिलका फरार रहेका थिए । अनुसन्धानपछि उनलाई ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको थियो।

यता आगोले जलेर गम्भीर घाइते बनेकी बबिताको कोशी अस्पतालमा उपचारका क्रममा शनिबार बिहान ६ बजेतिर मृत्यु भएको छ। उक्त आगलागीबाट घरभित्र रहेको लत्ताकपडा, भाडावर्तन र अन्नपात गरी करिब दुई लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।