काठमाडौँ – बङ्गलादेशविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले जित हात पारेको छ । अञ्जन विष्टको ह्याट्रिकमा नेपालले जित हात पारेको हो ।


ADVERTISEMENT


मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मध्यान्तर अघिको खेलमा नेपालले बंगलादेशविरुद्ध ३–० गोलको अग्रता बनाएको थियो । नेपालका लागि तीनवटै गोल अन्जन बिष्टले गरे ।


ADVERTISEMENT

# # #


आफ्नो खेल जीवनको पहिलो ह्याट्रिक गरेका उनले खेलको १८औँ मिनेटमा पहिलो गरेका थिए । यस्तै अन्जनले खेलको २७औँ मिनेटमा दोस्रो गोल गर्दै नेपाललाई २–० गोलको अग्रता दिलाएका थिए । अन्जनले नै खेलको ३८औँ मिनेटमा ह्याट्रिक पूरा गरे ।

दोसो हाफमा बंगलादेशले नेपालविरुद्ध एक गोल फर्कायो । बंगलादेशका लागि सज्जाद होसेनले ५५औँ मिनेटमा गोल गरे ।