काठमाडौं-मेसी र स्वारेज बिना मैदानमा उत्रिएको बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेग बराबरीमा रोकिएको छ । बिहिबार राति भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोसँग १-१ गोलको बराबरी खेलेको हो ।


ADVERTISEMENT


बार्सिलोनाले सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरीमा रोकुनुपरेको हो । बार्सिलोनाका लागि जोसे अर्नैजले एक गोल गरेका थिए। सेल्टाका पिओने सिस्टोले बराबरी गोल फर्काए ।


ADVERTISEMENT

# # #


बार्सिलोनाले पहिलो हाफको १५ औं मिनेटमा अर्नैजको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । तर, खेलको ३१ औं मिनेटमा सेल्टाका सिस्टोले एक गोल फर्काएपछि पहिलो हाफ १-१ गोलको बराबरीमा सकियो । दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन र खेल १-१ गोलको बराबरीमा सकियो ।

मेस्सी र स्वारेजको अनुपस्थितिमा बार्सिलोनाको फरवार्ड लाइन पाउलिन्हो र अर्नैजले सम्हालेका थिए । दुई टोलिबिचको दोस्रो लेग बार्सिलोनाको घरेलु मैदानमा हुने छ ।