काठमाडौं-इंग्लिश प्रिमियर लिग फुटबलमा टोटनह्याम र वेष्ट ह्याम युनाइटेडले बराबरी खेल्दै अंक बाढेका छन्। बिहीबार राति भएको खेलमा दुबैले १-१ गोलको बराबरी खेल्दै अंक बाढेका हुन्।


ADVERTISEMENT


घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा वेष्ट ह्यामले अंक बाढ्नु पर्‍यो । वेष्ट ह्यामका पेड्रो ओबियाङले गोल गरेका थिए भने टोटनह्यामको लागि ह्युङ मिन सनले एक गोल फर्काएका थिए ।


ADVERTISEMENT

# # #


वेम्बली स्टेडियममा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ७० औं मिनेटमा पेड्रोको गोलबाट वेष्ट ह्यामले सुरुवाती अग्रता बनाएको थियो । तर, खेलको ८४ औं मिनेटमा सनले गोल गर्दै टोटनह्यामलाई हारबाट जोगाएका थिए ।

यो बराबरीपछि पाँचौ स्थानको टोटनह्यामले ४१ अंक जोडेको छ । २२ अंक जोडेको वेष्ट ह्याम १५ औं स्थानमा छ । लिगको शीर्ष स्थानमा म्यानचेस्टर सिटी ६२, दोस्रोमा म्यानचेस्टर युनाइटेड ४७, तेस्रोमा चेल्सी ४६ र चौथो स्थानमा लिभरपुल ४४ अंक सहित रहेका छन् ।